आज कस्तो रहला देशभरको मौसम ?

मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार, त्यसको प्रभावले कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

यस्तै, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले ती क्षेत्रमा पर्यटन तथा पर्वतारोहणमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

समाचार समाज