पेट्रोलियम पदार्थको भाउ बढ्यो

गएारतिदेखि पेट्रोलियम पदार्थको भाउ बढेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको भाउ बढाएको हो ।

निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढेको छ । नयाँ मूल्यअनुसार पहिलो वर्गका क्षेत्रहरूमा पेट्रोलको मूल्य प्रतिलिटर १५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका क्षेत्रहरूमा १५९ रुपैयाँ र तेस्रो वर्गका क्षेत्रहरूमा १६० रुपैयाँ तोकिएको छ ।

यस्तै, हवाई इन्धनतर्फ अन्तर्राष्ट्रिय उडानका लागि प्रतिकिलो लिटर १५ अमेरिकी डलर बढाइएको छ भने आन्तरिकतर्फ प्रतिलिटर दुई रुपैयाँले मूल्य बढेको छ ।

एलपी ग्यासतर्फ प्रतिसिलिण्डर १४ रुपैयाँ ४९ पैसाले बढेको भएपनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

मुख्य समाचार समाचार समाज