हेटौंडा–१२ मा मतदान कार्य जारी, ५३९२ मत खस्यो

स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौंडा–१२ मा वडाध्यक्ष पदका लागि हाल मतदान कार्य जारी छ । कडा सुरक्षा व्यवस्थापनका बिच मतदान भइरहेको हो ।

भोर्लेस्थित विष्णु आधारभूत विद्यालय मतदान केन्द्र र सिग्रेनीस्थित प्रतिभा आधारभूत विद्यालय मतदान केन्द्र गरी २ वटा मतदानस्थलमा ९ वटा मतदान केन्द्र तोकिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, वडाध्यक्ष पदकबा लागि ४ बजे सम्म ५ हजार ३ सय ९२ मत खसेको छ ।

जसअनुसार, विष्णु आधारभूत विद्यालय मतदान केन्द्र २ हजार ९ सय ५२ मत र प्रतिभा आधारभूत विद्यालय मतदान केन्द्रमा २ हजार ४ सय ३८ मत खसेको छ ।

मतदानको लागि आज बेलुका ५ बजेसम्मको समय तोकेको छ । मतदान स्थलको बाहीरी घेरामा नेपाली सेना, भित्री घेरामा सशस्त्र प्रहरी र मतदान स्थलको पहिलो घेरामा आवश्यकता अनुसार नेपाल प्रहरी परिचालन गरिएको छ ।

सुरक्षा सुदृढ बनाउन राष्ट्रिय अनुसन्धान केन्द्र समेत परिचालन गरिएको छ ।

मुख्य समाचार राजनीति समाचार समाज