रवि लामिछानेलाई चितवन लगियो

सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज चितवन लगिएको छ ।

सभापति लामिछानेलाई बुद्ध एयरमार्फत् चितवन लगिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मंसिर ५ गते पूरक जाहेरी दर्ता भएको थियो ।

सो बारे अनुसन्धानकको लागि काठमाडौंबाट लामिछानेलाई सिधै चितवन लगिएको हो ।

मुख्य समाचार राजनीति समाचार