थाहा नगरपालिकामा दुई जना हाकिम

मकवानपुरको थाहा नगरपालिकामा अहिले एउटै पदमा दुई जना कार्यरत छन् ।

थाहाको प्रमुख प्रशासकीय अधिकृतको पदमा दुई जना कार्यरत रहेका हुन् ।

मन्त्रालयले ५ मंसिरमा कृष्ण गिरीलाई नमोबुद्व नगरपालिका काभ्रे सरुवा गरि सो पदमा मन्त्रालयमा रहेका सुरेन्द्र प्रधानलाई थाहा नगर पठाएको थियो । सरुवा भएकै दिन रमाना बुझेका प्रधानले मंसिर १० गते नगरपालिकामा हाजिरी गरेका छन् । नगर प्रमुख बिष्णु बहादुर विष्टले पनि प्रधानलाई हाजिरी गराएका थिए ।

मंसिर ११ गते कामको सिलसिला देखाउदै भारत गएका गिरी मंसिर १७ गते नगरपालिका फर्किएका छन् तर सरुवा भैसकेका गिरीले अहिले पनि धमाधम फाइल तथा कार्यालयका महत्त्वपूर्ण कागजातहरुमा दस्तखत गरिरहेका छन् । सोही पदमा अर्का प्रमुख प्रशासकीय अधिकृतले हाजिरी गरेपछी आचार संहिताका आधारमा पनि गिरीले फाइल सदर गर्नु गैरकानुनी हो ।

मुख्य समाचार राजनीति समाचार समाज