हेटौंडाबाट बकैया तर्फ जाँदै गरेको बस दुर्घटना, एक दर्जन यात्रु घाइते

मकवानपुरमा बस दुर्घटना हुँदा एक दर्जन यात्रु घाइते भएका छन् । हेटौंडाबाट बकैया तर्फ जाँदै गरेको बस बकैयाको जंगलमा पल्टँदा एक दर्जन यात्रु घाइते भएका छन् ।

बकैयाँ जंगलमा बा ५ ख ६६५३ बस सडकबाट तल खसेको हो । बसका यात्रुहरुको हेटौंडाको सहकारी अस्पतालमा उपचार हुँदै गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मुख्य समाचार समाचार समाज