मौसम मुख्यतया सफा रहने

हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको छैन ।
हाल देशभर मौसम मूख्यतया सफा रहेको छ । बुधबार दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
राती कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

समाचार समाज