चीन सरकारले नेपाललाई करिब नौ अर्ब अनुदान सहयोग गर्ने

चीन सरकारले नेपाललाई करिब नौ अर्ब अनुदान सहयोग गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच मंगलबार भएको भेटवार्तामा राष्ट्रपति सीले नेपाललाई करिब नौ अर्ब अनुदान दिने घोषणा गरेका हुन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच अत्यन्त सौहार्दपूर्णरूपमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध र हितका विविध विषयमा विस्तृत छलफल भएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए भने राष्ट्रपति सीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताए ।

 

मुख्य समाचार राजनीति समाचार