राष्ट्रिय मानवअधिकार आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

मंगलबार राष्ट्रपति भवन शितलनिवासमा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिवेदन पेश गर्दै उनले आर्थिक वर्ष २०८०/०८१मा आयोगका कार्यालयमा मानवअधिकारको उल्लङ्घन सम्बन्धी ११० उजुरी दर्ता भएको बताए । उनले यो अवधिमा पुराना र नयाँ गरी ३६८ उजुरीको अनुसन्धान सम्पन्न भएको जानकारी दिएका थिए ।

मुख्य समाचार राजनीति समाचार समाज