रास्वपाका सभापति समर्थक र प्रहरीबिच चितवनमा झडप

रास्वपाका सभापति रवि लामिछाने समर्थक र प्रहरीबिच चितवनमा झडप भएको छ ।

रवि लामिछानेलाई रिहाइ गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्ता र प्रहरीबिच झडप भएको हो । झडपका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।
चितवनको चौविसकोटीबाट प्रदर्शन गर्दै अघि बढेको प्रदर्शन जिल्ला प्रहरी कार्यालय अघि पुगेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्याँस समेत प्रहार गरेको छ ।
सहकारी पीडितले पनि चितवनमा प्रदर्शन गरिरहेका छन् ।

मुख्य समाचार राजनीति समाचार समाज