प्रधानमन्त्री केपी शर्मा ओली आज नेपाल फर्कदै

प्रधानमन्त्री केपी शर्मा ओली आज नेपाल फर्कदैछन् ।
जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सकेर आज काठमाडौं फर्कँदै छन् । उनी दिउँसो काठमाडौँ ओर्लने जनाइएको छ ।
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा मंसिर १७ गते प्रधानमन्त्री ओलीले बेइजिङमा चीनका राष्ट्रपति सी जिनपिङ, चिनियाँ प्रधानमन्त्री ली छ्याङ लगायतसँग भेटवार्ता गर्दै नेपाल–चीन सम्बन्धका एवं द्विपक्षीय हित र चासोका लगायतका विषयमा छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मुख्य समाचार राजनीति समाचार समाज