शिक्षा समितिको बैठक बस्दै

आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको हो ।

सो बैठकमा सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या तथा चुनौती र भावी कार्यदिशाका सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

मुख्य समाचार राजनीति शिक्षा समाचार समाज