हेटौंडामा अभिभावकलाई ६ महिने सिलाई कटाई तालिम

छोराछोरी नेपाल मकवानपुरले हेटौंडामा ६ मिहने सिलाई कटाई तालिमको आयोजना गरेको छ ।

हेटौंडा–१५, जाँतेस्थित पारिजात प्राथमिक विद्यालयमा अध्ययनरत् विद्यार्थीका १२ जना अभिभावकलाई तालिम दिइएको हो ।

छोराछोरी नेपाल मकवानपुरकी संयोजक रीता मोक्तानले आफ्ना छोराछोरीको लुगा आफैंले सिलाउन सकुन् र जीविकोपार्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त तालिमको आयोजना गरेको जानकारी दिए ।

बुधबारबाट सुरु भएको तालिममा टोपी, भोटो, सर्ट, पाइन्ट, कुर्ता सुरुवाल कपडा सिलाउने र काट्ने तरिकाबारे प्रशिक्षण दिइनेछ ।

ती अभिभावकलाई एक लाख ८० रुपैयाँ बराबरको १२ वटा सिलाई कटाई मेसिन समेत सहयोग गरिएको छ भने कपडा समेत उपलब्ध गराएको आयोजकले जनाएको छ ।

तालिम छोराछोरी नेपाल मकवानपुरकी संयोजक रीता मोक्तानको अध्यक्षता तथा हेटौँडा १५ नम्बर वडाका अध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो ।

समाचार समाज