आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार । यसदिन सेयर बजार नेप्से १५.९३ अंकले घटेको छ ।
घटेको बजारमा परिसूचक २७३४ दशमलव ९३ बिन्दुमा झरेको छ । आज कारोबार भएकामध्ये ४० कम्पनीको मूल्य बढ्दा २०१ कम्पनीको मूल्य घटेको छ भने तीन कम्पनीको स्थिर रह्यो ।
बिहीबार ८ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
यो सातामा समग्रमा परिसूचकमा १४ अंकको गिरावट देखिएको छ । अघिल्लो साता बजार बन्द हुँदा परिसूचक २७४८ बिन्दुमा थियो ।