इन्द्रसरोवरमा महिला मृत अवस्थामा फेला

 इन्द्रसरोवर गाउँपालिकामा एक महिला लडेर मृत्यु भएको अवस्थामा फेला परेकी छिन्।आइतबार बिहान इन्द्रसरोवर – ३ छुरिगाउँ बस्ने  चन्द्र बहादुर डिम्डुङगको श्रीमति अन्दाजी ५० वर्षीया शर्मिला डिम्डुङगको लडेर मृत्यु भएको अवस्थामा शव फेला परेको छ।

शनिबार डिम्डुङग घरबाट कुलेखानी जान्छु भनी हिडेको र बेलुका सम्म घर नफर्किएपछि खोज्ने क्रममा शर्मिलालाई इन्द्रसरोवर – ४ पौवामा मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

 

समाचार समाज