झाँक्री प्रकाश भुजेल पुर्पक्षका लागि थुनामा

काठमाडौँको ब्रम्हखेलमा दुर्घटना गराएका झाँक्री प्रकाश भुजेललाई अदालतले थुनामा पठाउने आदेश गरेको छ । अदालतको आदेश अनुसार उनलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
कार्तिक २८ मा काठमाडौँको शंखरापुर नगरपालिका-९ स्थित ब्रम्हखेलमा झाँक्रीले चलाएको जिपले ठक्कर दिँदा कागेश्वरी मनोहरा-२ घर भएका नारायण नगरकोटी र उनकी पत्नी सानुमायाको मृत्यु भएको थियो । दुर्घटनापछि झाँक्री पक्राउ परेका थिए ।
झाँक्रीले चलाएको बा १९ च २६९५ नम्बरको गाडीले नारायण नगरकोटीको दम्पती सवार बागमती प्रदेश-०२-०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । नगरकोटी दम्पतीको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । नगरकोटीका दुईजना बच्चा छन् । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो । (रातोपाटीबाट)

मुख्य समाचार समाचार समाज