पूर्वप्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।
देउवा निवास बूढानीलकण्ठमा दुईबीच भेटवार्ता भएको हो । भेटमा उनीहरूबीच द्विपक्षीय हितका विविध पक्ष र समसामयिक विषयमा छलफल भएको छ ।
विदेशमन्त्री लु ले नेपाल भ्रमणका क्रममा शीर्ष नेतृत्वसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

मुख्य समाचार राजनीति समाचार