बोल्दा बोल्दै अचानक ढलेका हेटौंडाका थिङको मृत्यु

बाराको जीतपुर–सिमरा उपमहानगरपालिका २२ नम्बर वडास्थित क्विक ट्वान्टी होटलमा कार्यरत मकवानपुरका एक जनाको मृत्यु भएको छ ।

उक्त होटलमा कार्यरत मकवानपुरको हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडा पदमपोखरीका ५५ वर्षीय बिजय थिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, साथीहरुसंग गफ गर्दा गर्दै उनी अचानक होटलको भुइँमा ढलेर घाइते भएका थिए । उनलाई तत्काm उद्दार गरी उपचारको लागि हेटौंडाको सिएमसी चुरेहिल अस्पताल ल्याइएको थियो ।

उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

मुख्य समाचार समाचार समाज