मौसम मुख्यतया सफा रहने

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरो लागेको छ  ।
बिहीबार दिउँसो देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
राती देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

समाचार समाज