जाजरकोटमा जीप दुर्घटना, पाँच जनाको मृत्यु

जाजरकोटमा भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय जिप चालक ईन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १७ वर्षीया लक्ष्मी पुन रोका र लक्ष्मीका एक महिनाका छोरा आलोचन रोका रहेका छन् । दुर्घटनामा २ जना घाइते भएको र उनीहरूको उपचार भइरहेको छ ।
बुधबार राति नलगाड नगरपालिका–५ कालीबाटीबाट नलगाड नगरपालिका-३ करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो जिप कैना–कड्के सडकअन्तर्गत बिरखोला नजिक ब्रेक फेल भएर सडकबाट करिब ८०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

समाचार समाज