मकवानपुरको बकैयामा करेन्ट लागेर एक युवक गम्भीर घाइते

मकवानपुरको बकैयामा करेन्ट लागेर एक व्यक्ति गम्भीर घाइते भएका छन्।

बुधबार अपरान्ह मकवानपुरको बकैया ६ टिकुलेमा स्थानीय २८ वर्षीय मनोज भोलन करेन्ट लागेर गम्भीर घाइते भएका हुन्। भोलनलाई घर नजिकै रहेको ट्रान्सफर फ्युज जोड्न विद्युत प्रवाह भइरहेको पोलमा चढेर फ्युज जोड्ने क्रममा करेन्ट लागेको र गम्भीर घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । गम्भीर घाइते उनको निजगढ स्थित सिटी अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि वीरगन्ज लगिएको र अवस्था गम्भीर रहेको जनाइएको छ। भोलन विद्युत प्राधिकरणको कर्मचारी नरहेको जनाइएको छ।

समाचार समाज