एसीसी यू-१९ राष्ट्रिय महिला टिमको बिदाइ

एसीसी यू-१९ महिला एसिया कपका लागि मलेसिया जाने नेपाली युवा राष्ट्रिय महिला टिमको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली टिमको बिदाइ गरेको हो ।
कप्तान पूजा महतो, उपकप्तान सोनी पाख्रिन, साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, एलिसाकुमारी यादव (विकेटकिपर), कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक, अनु कडायत र किरणकुमारी कुँवरसहितको टोलीलाई बिदाई गरिएको छ ।
आईसीसी यू–१९ विश्वकप एसिया छनोट च्याम्पियनका हैसियतमा नेपाल एसिया कप खेल्दै छ ।
प्रतियोगिता डिसेम्बर १५ देखि २२ सम्म मलेसियामा हुँदैछ । प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ । यो समूहमा नेपालसँगै भारत र पाकिस्तान छन् । नेपालले डिसेम्बर १६ मा पाकिस्तान र १७ मा भारतको सामना गर्नेछ ।

खेलकुद समाचार समाज