मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पुनः पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पुनः पक्राउ गरेको छ । विद्युतीय कारोबार ऐन-२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर निस्किनासाथ उनी अदालत परिसरबाटै पक्राउ गरेका हुन् ।
आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेकोले उनलाई फेरि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होविन्द्र बोगटीले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेको घटनामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीले ४० हजार धरौटीमा छाड्न आदेश गरेका थिए । धरौटी बुझाउनसाथ उनी फेरि पक्राउ परेका हुन् ।
भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका हरिचन्द्र फुयललाई प्रयोग गरेर प्रसाईले धम्क्याउन लगाएको प्रहरीको भनाई छ ।

मुख्य समाचार राजनीति समाचार