जिबी राईको पासपोर्ट रोक्का

सहकारीको रकम अपचलन गरी फरार रहेका गितेन्द्रबाबु राई (जिबी राई)को पासपोर्ट रोक्का गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको पत्राचारपछि राहदानी विभागले राईको पासपोर्ट रोक्का गरेको हो ।
यसअघि पनि कास्की प्रहरीले राईको पासपोर्ट रद्द गरिदिन भन्दै विभागलाई पत्र लेखेको थियो। तर विभागले राईको पासपोर्ट रद्द गर्न नमिल्ने जवाफ दिएको थियो ।

मुख्य समाचार राजनीति समाचार समाज