एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज सकिँदै

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आइतबार सकिने भएको छ । गत बुधबारबाट सुरु भएको स्थायी कमिटी बैठक आज समापन गर्न लागिएको हो ।

बैठकमा महासचिव घनश्याम भुसालले पेश गरेको ‘आन्दोलनद्धारा पार्टी निर्माण’, शीर्षकको कार्ययोजनामाथि स्थायी समिति सदस्यहरुले शनिबार धारणा राख्नेक्रम सकिएको छ ।

उपमहासचिव रामकुमार भट्टराईका अनुसार, आइतबार बस्ने बैठकमा अध्यक्ष माधवकुमार नेपाल, राजेन्द्र पाण्डे, बेदुराम भुसाल र घनश्याम भुसालले धारणा राखेपछि नेताहरुको कार्यविभाजन समेत गरेर बैठक समापन गर्ने तयारी रहेको छ ।

यस्तै, आइतबारको बैठकमा उपाध्यक्ष जगन्नाथ खतिवडा,जयन्ति राई गङ्गालाल तुलाधर, नेताहरु चन्द्रबहादुर शाही,गणेश बिक,माधव पौडेल,गरिमा शाह,कल्याणी खडका,विजय पौडेल,नागेन्द्र चौधरी,बलराम बाँस्कोटा,विश्वनाथ प्याकुरेल,रामचन्द्र यादव,शत्रुधन महतो, साध्य बहादुर भण्डारी,जीवनराम श्रेष्ठ,श्रीप्रसाद साह र भरत श्रेष्ठले धारणा राखेका थिए ।

धारणा राख्ने अधिकांश नेताहरुले पार्टी निर्माण गर्न सबैलाई उचित जिम्मेवारी दिएर नेता कार्यकर्ता परिचालन गर्नुपर्नेमा जोड दिइएको छ ।

मुख्य समाचार राजनीति समाचार