उधौलीले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा सांस्कृतिक पर्वले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गरी  राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुर्याएको उल्लेख गरेका छन् ।
उधौली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किरात समुदायको यस पर्वले नेपालका सबै जातजातिबिच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको बताए ।

मुख्य समाचार राजनीति समाचार