ललितपुरमा नेपालकै सबैभन्दा ठूलो मल्टिभेन्यु सञ्चालनमा

ललितपुरको झम्सिखेलमा नेपालको सबैभन्दा ठूलो मल्टिभेन्यु ‘द प्लाजा’ सञ्चालनमा आएको छ। सिजी होल्डिङ्स कम्पनीले अन्तर्राष्ट्रिय स्तरको खाना र सेवासहितको मल्टिभेन्यु सञ्चालनमा ल्याएको हो।

कूल एक अर्ब ५० करोड रुपैयाँभन्दा लगानीमा निर्माण भएको द प्लाजाको व्यवस्थापन सिग्नेचर इभेन्ट्स प्रालिले गरिरहेको छ। कूल १२ हजार वर्ग फिटको ठूलो हलमा थियटर सेटअप एकै साथ दुई हजार पाँच सयभन्दा बढी व्यक्ति बसेर कार्यक्रम गर्न सकिन्छ भने ठूलो हललाई आवश्यकताअनुसार दुई र तीन वटा हलमा विभाजन गरेर पनि कार्यक्रम गर्न सकिन्छ। सिग्नेचर इभेन्ट्स प्रालिले याे नेपालको सबैभन्दा ठूलो मल्टिभेन्यु ‘द प्लाजा’ रहेकाे दाबी गरेकाे छ।

सिग्नेचर इभेन्ट्स प्रालिका अनुसार कूल ४३ हजार वर्गफिटमा निर्माण भएको द प्लाजामा तीन सयभन्दा बढी कार पार्किङको सुविधा छ। प्लाजामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभासम्मेलन,विवाह तथा व्रतबन्धलगायत कर्पोरेट बैठक र सानादेखि ठूला कार्यक्रम गर्न सकिन्छ। द प्लाजामा आवश्यकता अनुसार सचिवालय र भीआईपी कक्षको पनि सुविधा छ।

कार्यक्रमको उच्च स्तरको व्यवस्थापनका लागि द प्लाजाले आवश्यकताअनुसार आधुनिक र उच्च प्रविधिको साउण्ड तथा लाइट, सांस्कृतिक कार्यक्रम, मल्टिमिडिया र अडियो भिजुअलसहितको प्रबन्ध गर्ने सिग्नेचर इभेन्ट्स प्रालिले जनाइएको छ।

मुख्य समाचार समाचार समाज