मौसम सामान्यतया सफा रहने

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
अहिले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यकाका केही स्थानमा हुस्सुका साथै थोरै स्थानमा कुहिरोको लागेको छ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

समाचार समाज