सिस्नेरी-दक्षिणकाली सडक ११ गतेसम्म बन्द

हेटौँडालाई काठमाडौं जोड्ने सिस्नेरी-दक्षिणकाली सडकमा बुधबारदेखि पुस ११ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

सडक अन्तर्गत दक्षिणकाली-छैमलेमा कालोपत्र गर्न लागिएकाले सवारी सञ्चालनमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। यस्तै सडकको स्तरोन्नतिका लागि कुलेखानी-फाखेल-मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ।

यो सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग हेटौंडाबाट काठमाडौं जोड्ने कान्ति लोकपथ सडक, त्रिभुवन राजपथ, नारायणगढ मुग्लिन सडकमा भने सवारीसाधन सञ्चालन भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मुख्य समाचार समाचार समाज