मन्त्रिपरिषद् बैठक बस्दै

बिहीबार स्थगित मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ। बैठक आज दिउँसो १ बजे बोलाइएको छ।

मन्त्रिपरिषद् बैठकमा कर्मचारी सरुवालगायतका मन्त्रालयगत नियमित एजेन्डामा छलफल हुने बताइएको छ।

हिजो बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो।

मुख्य समाचार राजनीति समाचार