थानकोट, चित्लाङ सडकखण्ड पुस ७ गतेबाट एक महिना बन्द रहने

हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको थानकोट–चन्द्रागिरि–चित्लाङ सडकखण्ड पुस ७ गते आइतबारबाट एक महिनाका लागि बन्द हुने भएको छ ।

सडक खण्डअन्तर्गत पर्ने पानीघाटदेखि चन्द्रागिरि भन्ज्याङसम्म सडकको मर्मत सम्भारका लागि  उक्त सडकखण्डमा सवारी साधन चल्न  १ महिना बन्द गरिने भएको हो

सडक डिभिजन कार्यालय काठमाडौंले बिहीबार एक सूचना जारी गर्दै सडक स्तरोन्नतिका लागि पुस ७ गते अर्थात् आइतबारदेखि माघ ६ गतेसम्म पूर्णरुपमा बन्द गरिने जानकारी गराएको हो ।कार्यालयले सडकखण्ड बन्द रहदा  वैकल्पिक सडकको प्रयोग गर्न अनुरोध गरेको छ । यता सडक स्तरोन्नतिका लागि भन्दै सिस्नेरि दक्षिणकाली पनि पुस ११ गतेसम्मका लागि बन्द गरिएको छ।

समाचार समाज