उपप्रधान तथा शहरी बिकास मन्त्री सिंह आज मकवानपुर आउने

उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह आज मकवानपुर आउने भएका छन्। मकवानपुरको मनहरीमा हुने विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न र मनहरी गाउँपालिकाको भवन शिलान्यास गर्न सिंह मकवानपुर आउने भएका हुन्।

उनले शनिबार दिउँसो  मनहरी बजारमा कांग्रेस बागमती सभापति तथा बागमती प्रदेशसभा सदस्य  ईन्द्रबहादुर बानियाँको जनतासंगको सम्पर्क कार्यालय उद्घाटन र  दिउँसो २ बजे मनहरी गाउँपालिकाको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको बानियाँको सचिवालयले जनाएको छ। त्यसैगरि शनिबार बिहान थाहानगर र इन्द्रसरोवरमा कांग्रेस नेता कार्यकर्ता र जनप्रतिनिधिसंग पनि भेटघाटको कार्यक्रम रहेको जनाइएको छ।

मुख्य समाचार राजनीति समाचार