विश्व ध्यान दिवस आज मनाईदै

विश्व ध्यान दिवस आज विभिन्न कार्यक्रम गरि नेपालमा पनि मनाईदै छ ।

२०२४ डिसेम्बर ६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो ।
राष्ट्रसंघले ऐतिहासिक मान्यता दिई हरेक वर्ष डिसेम्बर २१ मा विश्व ध्यान दिवस मनाउने निर्णयको यस क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले स्वागत गरेका छन् ।
दिवसको अवसरमा जीवन विज्ञान, पतञ्जली संस्था, ब्रह्मकुमारी राजयोग सेवा केन्द्रलगायतका संस्थाले विभिन्न कार्यक्रम गर्दैछन् ।
मुख्य समाचार समाचार समाज