नौलो विहानीको साधारणसभा,पत्रकार सहित विभिन्न व्यक्तिलाई सम्मान

हेटौडा ६ चौघडामा रहेको नौलो विहानी कृषि सहकारी  संस्थाको १४ औं वार्षिक  साधारणसभा  शनिवार सम्पन्न भएको छ ।

बागमती  प्रदेश उधोग, वाणिज्य  तथा प्रशासन मन्त्री  सुकमाया तामाङको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष  विष्णुप्रसाद  ढुङ्गानाको सभाध्यक्षतामा संस्थाको १४ औं वार्षिक साधारणसभा  भएको हो । सभामा संस्था अध्यक्ष  ढुङ्गानाले संस्थागत प्रतिवेदन, लेखा संयोजक गोपालचन्द्र भट्टराईले  लेखा समितिको प्रतिवेदन, कोषाध्यक्ष देवेन्द्र  श्रेष्ठले  आर्थिक प्रतिवेदन र उपाध्यक्ष  जयराम घिमिरेले  ऋण उपसमितिको प्रतिवेदन पेश गरेका थिए ।

साधारणसभामा संचारकर्मी सहित विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सञ्चारकर्मी तर्फ नेपाल पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष मणिराज गौतम, संचारकर्मी पुष्पराज अधिकारी,नियमित बचतकर्ता रामकुमारी देवकोटा, असली ऋणी राजु गौतम, ज्येष्ठ  शेयर सदस्य हाजिरमान डिमडुङ र उत्कृष्ट  किसानमा  रामनाथ बास्तोलालाई पुरस्कृत गरिएको थियो ।

साधारणसभामा हेटौडा ६ का वडा अध्यक्ष  विष्णुबहादुर  दाहाल, वडा सदस्य विजय पौडेल, हेटौडा उपमहानगरपालिका  सहकारी महाशाखा प्रमुख हिम प्रसाद पौडेल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान उपाध्यक्ष रुपेश दुलाल,संस्थापक अध्यक्ष  राघव न्यौपाने, निवर्तमान  अध्यक्ष  भरत सापकोटा , हेटौडा ६ का निवर्तमान  अध्यक्ष  अर्जुन प्रसाद चौलागाई, गरिबी निवारण  सहकारी अध्यक्ष  कृष्णप्रसाद  सापकोटा , कामधेनु बहुउद्देश्यीय  सहकारी  उपाध्यक्ष  केशव धिताल लगायतको उपस्थिति  रहेको थियो ।

समाचार समाज