हेटौंडाको माछाप्लानमा मोटरसाइकल, स्कुटर र ट्रक ठोक्किदा ४ घाइते, एकको अवस्था गम्भीर

शनिबार साँझ हेटौँडा–५, माछाप्लान पिप्लेमा भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन् भने १ जनाको अवस्था गम्भीर रहेको छ।

कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ माछाप्लान नजिकै  चौघडाबाट हेटौँडा बजारतर्फ आउँदै गरेको प्प्रदेश ३–०२–०० ८ प २६२८ नम्बरको मोटरसाईकल र हेटौँडा बजारबाट चौघडा बजारतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००५ प ५१६९ नम्बरको स्कुटर एक आपसमा ठोक्किएको र स्कुटर सँग ठोक्किएको मोटरसाइकल  चौघडाबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना ७ ख ४२९५ नम्बरको ट्रेलर ट्रकको बम्पटको भाग मुनी मोटरसाईकल पुग्दा उक्त घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी स्कुटर चालक हेटौँडा–१७, हटियाका ३४ वर्षीय रोहित तामाङको टाउको र दाहिने खुट्टामा चोट लागेर अवस्था गम्भिर रहेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिएका छन् । दुर्घटनामा परी स्कुटर पछाडी सवार रोहितकी श्रीमति २८ वर्षीया रमिला तामाङ, रोहितको छोरा ८ वर्षीय रोजन तामाङ, मोटरसाइकल चालक हेटौँडा–३, बसामाडीका ३५ वर्षीय गोपी तामाङ र मोटरसाइकलमा सवार हेटौँडा–१९ नेवारपानीका ३० वर्षीय विष्णु प्रजा घाइते भएका छन् ।

रमिलाको दाहिने खुट्टामा चोट रहेको रोजनको मुख र दाहिने खुट्टामा चोट लागेर अवस्था मध्यम रहेको, गोपीको टाउको र आँखाको भागमा चोट लागेको छ भने बिष्णु प्रजाको बाँया आँखा, निधार, मुख र दाहिने हातमा चोट लागेर अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते रोहितको हेटौंडामा उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन रिफर गरिएको र अन्यको हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।मोटरसाइकल, स्कुटर, ट्रक र ट्रक चालक चालकलाई वडा प्रहरी कार्यालयले  नियन्त्रणमा लिएको  छ ।

मुख्य समाचार समाचार समाज