डेनमार्कको राजदूतमा सुम्निमा तुलाधर नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा सुम्निमा तुलाधरलाई नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, २८२ को उपधारा (१) बमोजिम  मन्त्रिपरिषद्को सिफारिसमा तुलाधरलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

अन्तराष्ट्रिय राजनीति समाचार