हेटौंडाबाट लागूऔषधसहित दुई जना पक्राउ

मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्लाको हेटौंडा–१, बस्ने वर्ष २७ को सनिप भोम्जन र हेटौंडा– २ बस्ने वर्ष २१ को बिशाल क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।

प्रहरीले ८ ग्राम ५५० मिलि ग्राम लागूऔषध खैरो हेरोईनसहित पुष ५ गते हेटौंडा–१५, रातोमाटे चेकपोष्टस्थित सडकखण्डबाट दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक सापकोटाका अनुसार, उनीहरलाई प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पथलैयाबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ३५ प ५८११ नं. को मोटरसाइकललाई उक्त स्थानमा राकेर चेकजाँच गरिएको थियो ।

सो क्रममा मोटरसाइकलमा चालक सनिप र मोटरसाइकलमा पछाडी सवार बिशाललाई शंका लागि चेकजाँच गर्दा सो परिणामको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत मकवानपुरबाट १६ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाएको प्रहरी निरीक्षक सापकोटाले बताए ।

समाचार समाज