अभियन्ता सुनिता दनुवारको निधन

मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ । काठमाण्डौको जोरपाटीमा रहेको आफ्नै निवासमा सुतिरहेको ठाउँमा उहाँ मृत फेला परेको आफन्तले बताएका छन् ।

उहाँका श्रीमानले बिहान सुनितालाई उठाउन खोज्दा अचेत अवस्थामा फेला पार्नु भएको थियो । त्यसपछि नेपाल मेडिकल कलेज जोरपाटी पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।

सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्षसमेत हुनुहुन्छ ।

उहाँलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा राखेको थियो । दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मानसमेत गरेको थियो ।

पछिल्लो समय उहाँ सुनिता फाउण्डेशन स्थापना गरेर यही संस्थामार्फत बेचबिखनविरुद्ध क्रियाशील हुनुहुन्थ्यो ।

मुख्य समाचार राजनीति समाचार समाज