सुनको भाउ बढ्यो

नेपाली बजारमा आज (सोमबार) सुनको भाउ बढेको छ । आज सुन प्रतितोला २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, भाउ बढेसँगै आज सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँ कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेको छ । भाउ बढेसँगै आज चाँदी प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ समाज