राक्सिराङमा क्रिसमसको अवसरमा आज र भोली सार्वजनिक बिदा

मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमसको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाले मंगलबार (आज) र बुधबार (आज) क्रिसमसका अवसरमा बिदा दिने निर्णय गरेको हो।

गाउँपालिका क्षेत्रमा इसाई धर्मावलम्बीहरूको उल्लेख्य वास भएको भन्दै क्रिसमसको महत्त्वलाई ध्यानमा राखी सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

बिदाका दिन गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी निकाय, र शिक्षण संस्थाहरू बन्द रहनेछन्।

यसअघि पनि राक्सिराङ गाउँपालिकाले क्रिसमसको अवसरमा तीन दिनसम्म बिदा दिने प्रचलन राख्दै आएको थियो। यसपटक भने दुई दिनको बिदा घोषणा गरिएको हो।

समाचार समाज