हेटौंडामा कारले स्कुटरलाई ठक्कर दिदा लामाको मृत्यु

हेटौंडामा कारले स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर–१ तिरतिरे धारा स्थित हेटौडा– भैसे सडक खण्डमा भैसेबाट हेटौडा तर्फ आउदै गरेको बा प्र ०३–००२प ७२६७ नंबरको स्कुटरलाई हेटौडाबाट काठमाण्डौ जादै गरेको BR05BA 0006 नंबरको ईन्डियन कारले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा हेटौडा –१ चौकीटोल बस्ने ३५ वर्षिय युवराज लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कारको ठक्करबाट घाइते भएपछी हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

समाचार समाज