नेपाल जेसीज वर्ष २०२५ को महासचिवमा श्रेष्ठ

नेपाल जेसीजको महासचिवमा विकेशलाल श्रेष्ठ मनोनित भएका छन् ।

जेसीजको ५१ औं राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२५ को लागि अध्यक्षमा निर्वाचित रजनी थापाले महासचिवमा श्रेष्ठलाई मनोनित गरेकी हुन् ।

उनी हेटौंडा जेसीज वर्ष सन् २०२४ का अध्यक्ष हुन् । श्रेष्ठ मकवानपुर उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य, लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथका पूर्व अध्यक्षसँगै विभिन्न सामाजिक संघसंस्थामा आबद्ध

‘मलाई नेपाल जेसीजको गरिमामय महासचिवमा विश्वास गरेर दिनुभएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न प्रयत्न गर्नेछु । मेरो कार्यकालमा जेसीजको मूल्य र मान्यतालाई आत्मसात गर्दै राष्ट्रिय अध्यक्षज्यूको कार्ययोजना अनुसार संस्थालाई अगाडि बढाउने र सबैलाई समेटेर अगाडि बढ्नेछु ।’, श्रेष्ठले भने ।

मुख्य समाचार राजनीति समाचार समाज