रवि लामिछाने सांसद पदबाट निलम्बित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । उनलाई सोमबार सभामुख देवराज घिमिरेले निलम्बन गरेका हुन् ।
संसद सचिवालयले सोमबार बेलुका लामिछाने निलम्बनको पत्र टाँस गरेसंगै उनी निलम्बनमा परेका छन् । प्रतिनिधिसभा नियमावली अनुसार संसद् अधिवेशन नरहेको अवस्थामा निलम्बनको पत्र टाँस गर्नुपर्ने व्यवस्था छ ।
लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको जानकारी प्रहरीले सभामुख देवराज घिमिरेलाई आइतबार साँझ पठाएको थियो ।

मुख्य समाचार राजनीति समाचार