अब कक्षा ९ मा मात्र रजिस्ट्रेशन फारम भरिने

राष्ट्रिय परीक्षा बोर्डले अब कक्षा ९ मा मात्र विद्यार्थीको रजिस्ट्रेशन फारम भर्ने निर्णय गरेको छ ।

यसअघि कक्षा ९ र ११ मा दुई पटक रजिस्ट्रेशन फारम भर्ने गरिएपनि अब भने कक्षा ९ मा मात्रै रजिस्ट्रेशन फारक भर्ने भनिएको हो ।

साथै बोर्डले आगामी वर्षदेखि रजिस्ट्रेशा फारम भर्दा लाग्ने शुल्क नउठाउने निर्णय पनि गरेको छ । यो वर्ष भने रजिस्ट्रेशन फारमको प्रक्रिया अगाडि बढेकाले शुल्क उठाइने जनाइएको छ ।

मुख्य समाचार शिक्षा समाचार