पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

हेटौंडा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ।

निगमले मंगलबार मध्यरातिबाट लागु हुने गरी पेट्रोलमा १ रुपैयाँ र  डिजेल र मट्टितेलमा २ रुपैयाँ  बढाएको हो ।

इण्डियन आयल कर्पोरेसनले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बढेको मूल्यसुची पठाए अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । निगमले खाना पकाउने ग्यासको मूल्य यथावत् राखेको छ  भने  हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ घटेको छ भने अन्तरष्ट्रियतर्फ प्रतिकिलोलिटर १५ अमेरिकी डलर घटाइएको छ ।

समाचार समाज