हेटौंडा-६ हात्तिलेटमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते

हेटौंडा धरान-चतरा सडक अन्तरगत हेटौंडा-६ हात्तिलेटमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

हेटौंडा-१८ हर्नामाडिबाट हेटौंडातर्फ आउँदै गरेको ना४२प ९५५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टदा २ पुरूष घाइते भएका हुन् ।

उनीहरूलाई स्थानीयले उद्धार गरि हेटौंडा अस्पताल पठाइएको छ । थप विवरण आउन बाँकी छ ।

समाचार समाज