चितवनमा लगाइएको बन्दा र काउलीमा नयाँ रोग

चितवन – चितवनमा लगाइएको काउली र बन्दामा नयाँ रोग देखिएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार पात कुहिने, फल ठूलो नहुने र पात डढ्ने र तन्कने गरेको छ ।

पुसको पहिलो हप्तादेखि राप्ती नगरपालिका–५ र ८ मा यो रोग देखिएको कार्यालयका बाली संरक्षण अधिकृत गीता केसीले जानकारी दिनुभयो । उहाँका अनुसार रोग देखिएको जानकारी आएपछि पहिलो पटक नमुना परीक्षणका लागि पठाइएकोमा रोग पुष्टि नभएकाले दोस्रो पटक पुनःपरीक्षणका लागि पठाइएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको प्रयोगशालामा परीक्षणका लागि पठाइएको उहाँले बताउनुभयो । दोस्रो पटक नमूना पठाउँदा ढुसी हो की भन्ने आए पनि हालसम्म रोग पत्ता लाग्न नसकेको उहाँले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख झलकनाथ कँडेलले रोगको नमुना प्रयोगशालामा पठाइएको भए पनि रोग पुष्टि हुन समय लाग्दा किसान चिन्तित भएको बताउनुभयो ।

कृषि समाचार समाचार