अनिल अग्रवालको प्यानल घोषणा : मकवानपुरलाई औद्योगिक क्षेत्र र अटो ल्यान्डको रुपमा स्थापना गर्ने

हेटौँडा, मकवानपुर उद्योग वाणिजय संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार बनेका संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले आफ्नो प्यानल घोषणा गर्दै प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । सोमबार साँझ व्यवसायीहरुको भेलामा उनले आफ्नो उम्मेदवार घोषणासँगै सिंगो प्यानल समेत सार्वजनिक गरेका हुन् ।

प्रत्येक पदमा प्रत्यक्ष निर्वाचन हुने गरी गरिएको विधान संशोधनसँगैको पहिलो पटकको निर्वाचन गर्मिलो रहेको छ । संघमा वाणिज्यतर्फ, उद्योगतर्फ र एशोसियटतर्फका उम्मेदवारहरु रहेका छन् । संघको यस वर्ष २ हजार ९७ जना मतदाता रहेका छन् ।  अघिल्लो निर्वाचनभन्दा करिब ८ सय मत यस वर्ष कम रहेको संघले जनाएको छ ।

अग्रवालले भीमफेदी-कुलेखानी सुरुङ मार्ग निर्माण गर्न पहल गर्ने, इन्द्रसरोवरलाई नैनीतालको रूपमा विकास गर्ने, र मकवानपुरको प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन्। उद्योग र पूर्वाधार विकासमा पनि उनले विशेष ध्यान दिएका छन्। औद्योगिक क्षेत्र र अटो ल्यान्ड स्थापनाका लागि पहल गर्ने र विकास निर्माणका काम समयमा सम्पन्न गर्न प्रभावकारी समन्वय गर्ने उनको योजना छ।

अग्रवालले आफ्नो टिम घोषणा कार्यक्रममा चर्चित गायक बद्री पंगेनीले आफ्नो सांगीतिक प्रस्तुती दिएका थिए । कार्यक्रममा संघका पूर्व अध्यक्षद्धय राजकुमार न्यौपाने, भूवनलाल श्रेष्ठ, भगिरथी शर्मा, वडा नम्बर २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जन  लगायत संघमा आवद्ध विभिन्न वस्तुगत संघका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।

अनिल अग्रवालको नेतृत्वको प्यानलमा महासचिवका रूपमा विकेशलाल श्रेष्ठ, कोषाध्यक्षका रूपमा तेजराज अधिकारी, र सह-कोषाध्यक्षका रूपमा राधिका सामरी पाण्डे रहेका छन्। वाणिज्यतर्फ उपाध्यक्षमा राजु अधिकारी, सचिवमा दिवस पराजुली, र सदस्यहरूमा रविन ढकाल, विष्णुप्रसाद दाहाल, बालकृष्ण बजगाई, यज्ञ बहादुर राय, तथा महिला आरक्षणतर्फ निलम पाण्डे रहेका छन्।

एशोसियटतर्फ विष्णु खनाल उपाध्यक्षका रूपमा उम्मेदवार बनेका छन्।  उद्योगतर्फ उपाध्यक्षका रूपमा रवीन्द्र प्रसाद घिमिरे, सदस्यहरूमा कृष्णगोपाल महर्जन, दीपक शिवाकोटी, गंगाकुमारी श्रेष्ठ, र महिला आरक्षणतर्फ मेनका श्रेष्ठ छन्।  वस्तुगततर्फ काव्यमणि अधिकारी उपाध्यक्ष, नेत्रप्रसाद खतिवडा सचिव, र शम्भु पुडासैनी सदस्य रहेका छन्।

अग्रवाल नेतृत्वको टिमको घोषणासँगै चर्चित गायक बद्री पंगेनीले सांगीतिक प्रस्तुति दिएर कार्यक्रममा रौनक थपेका थिए। कार्यक्रममा संघका पूर्व अध्यक्ष राजकुमार न्यौपाने, भुवनलाल श्रेष्ठ, भगिरथी शर्मा, वडा नम्बर २ का अध्यक्ष विष्णुगोपाल महर्जन तथा संघमा आबद्ध विभिन्न वस्तुगत संघका अध्यक्षहरूको उपस्थिति रहेको थियो।

यसअघि हिजो अध्यक्ष पदका अर्का प्रत्यासी प्रमोद सिंह रानाभाटले पनि आफ्नो घोषणापत्र सार्वजनिक गरेका थिए। रानाभाटले साना व्यवसायीको सहुलियत कर्जा, कर प्रणालीमा सुधार, र व्यवसायिक वातावरण सहज बनाउन विशेष जोड दिएका थिए। यसपटकको मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनले व्यवसायीहरूको आकांक्षा पूरा गर्ने योजना प्रस्तुत गर्दै दुई प्रमुख प्यानलबीचको प्रतिस्पर्धालाई रोमाञ्चक बनाएको छ।

मुख्य समाचार राजनीति समाचार समाज