माओवादी केन्द्रीय समिति बैठकबाट १६ बुँदे प्रस्ताव पारित

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय समिति बैठक १६ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । आइतबारदेखि शुरु भएको बैठक १६ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो ।
बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक तथा साङ्गठनिक र समसामयिक प्रस्ताव पनि सर्वसम्मत पारित भएको छ ।
बैठकले नेपाल विद्युत् प्राधिकरण, त्रिभुवन विश्वविद्यालयलगायतका सार्वजनिक संस्थान र कर्मचारीतन्त्रमा सरकारले हस्तक्षेप गरेको निष्कर्ष निकालेको छ । बैठकले ती निकायमा राजनीतिक हस्तक्षेपको विरोध गर्दै माओवादीले स्वेच्छाचारी क्रियाकलाप बन्द गर्न माग गरेको छ ।
त्यस्तै, शासन र सार्वजनिक सेवा प्रवाहमा देखिएको सरकारी उदाशीनताप्रति माओवादीले चिन्ता जनाएको छ । भ्रष्टाचार नियन्त्रणसहित सुशासन र सेवा प्रवाह प्रभावकारी बनाउन माओवादीले सरकारसँग माग गरेको छ ।
देशका विभिन्न भागमा देखिएका सीमासम्बन्धी समस्या समाधानका लागि कूटनीतिक पहल थप प्रभावकारी बनाउन पनि माओवादीले सरकारसंग माग गरेको छ ।

राजनीति समाचार