वीरगन्जका शैक्षिक संस्था ३ दिन बन्द

 हेटौंडा। वीरगञ्जका शैक्षिक संस्था ३ दिन बन्द रहने भएको छ।

विगत २ दिनदेखिको अत्यधिक चिसो बढेसँगै वीरगन्ज महानगरभित्रले नगर भित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो । महानगरका शिक्षा अधिकृत हरि राउतले  सूचना जारी गर्दै बाक्लो हुस्सु र शीतलहरका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकोले महानगरले पुस २४ देखि २६ गतेसम्म तीन दिन सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिने निर्णय गरेको जनाइएको छ।

त्यसैगरी पर्साकै पर्सागढी नगरपालिकाले पनि गत पुस २१ गते सार्वजनिक सूचना जारी गरेर पुस २२ गतेदेखि माघ १ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख देवकुमार गिरीले जानकारी दिएका छन्।

 

समाचार समाज